रौतहटमा स्कारपियो दुर्घटना हुँदा चारको मृत्यु, तीन घाइते
मेरोन्यूज
२०७८ पुष १३ गते १७:२३

रौतहट । रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय नम्बर प्लेटको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर ०५ पीए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो दुर्घट्नामा अन्य तीन यात्रु घाइते भएका छन् । घाइते तीनै जनाको गौरमा नै उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका चारै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको स्करपियो मंगलबार दिउँसो सवा ४ बजे सडकबाट झण्डै २० फिट तल खसेको छ ।
मृतक सबै भारतीय नागरिक हुन सक्ने प्रहरीले जनाएको छ । मृतक चारै जनाको सनाखत हुँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिक्रिया