बेक फेष्ट काठमाडौं इभेन्ट सुरु, खेतानले गरे उदघाटन

काठमाडौं । केक र बेकरीको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिङ् मलमा बेक फेष्ट सुरु भएको छ ।
विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरुले संयुक्त रुपमा ललितपुरकाे लाबिम मलमा बुधवारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् ।
बेक फेस्टको बुधबार उद्योगपति राजेन्द्र खेतानले केक काटेर उदघाटन गरेका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको बेक फेष्ट इभेन्टको उदघाटन गर्दै उद्योगपति खेतानले यस्ता कार्यक्रमले ब्यववसाय प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक संस्थाकी प्रमुख दीपा भुसालले बताइन् ।
शहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृति बिस्तारै गाउँघरतिर पनि फैलिँदै गएको छ । बुधबारबाट सुरु फेष्टिभलमा केक र बेकरीको नयाँ नयाँ प्रोडक्ट समावेश रहेको भुसालले जानकारी दिइन् ।
तीन दिनसम्म चल्ने उक्त फेष्टिबलमा भिन्न भिन्न प्रकारका ओहो केक, यूरोपियन बेकरी, बेक्स एण्ड केक्स, लगायतका बेकरीका परिकारहरु एकै ठाउँमा राखिएका छन् ।
३५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरका लुलु, ताजा बेकरीजहरुको आबद्वता रहेको सो बेक फेष्टको पहिलो दिनमा सेफ च्यालेन्ज थिम आयोजना गरिएको भुसालले जानकारी दिइन् ।
इभेन्टको दोस्रो दिन विहीबार गेम च्यालेन्ज र तेस्रो तथा अन्तिम दिन शुक्रबार केक रन वे र म्युजिकल इभेन्ट रहने आयोजकले जनाएको छ ।
राजधानीका विभिन्न होटल म्यानेजमेन्ट कलेजहरुको प्रत्यक्ष सहभागीतामा लाइभ बेकरीका आइटमहरुको प्रतिष्पर्धा हुने र पुरस्कारको पनि व्यवस्था गरिएको भुसालले बताइन् ।
बेक फेष्टमा फुड एण्ड बेभरेज, हस्पिटालिटी, शैक्षिक र फिल्मी क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहने जनाइएको छ ।
बेक फेष्टमा फुड एण्ड बेभरेज, हस्पिटालिटी, शैक्षिक र फिल्मी क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहने जनाइएको छ ।
बुधवारदेखि सुरु भएको इभेन्ट तीन दिनसम्म सञ्चालन हुने भएको छ । इभेन्टको पहिलो दिन विहानैदेखि हिउँदे वर्षा भएका कारण चहलपहल कम देखिएको थियो ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया