बेक फेष्ट काठमाडौं इभेन्ट सुरु, खेतानले गरे उदघाटन

काठमाडौं । केक र बेकरीको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिङ् मलमा बेक फेष्ट सुरु भएको छ ।
विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरुले संयुक्त रुपमा ललितपुरकाे लाबिम मलमा बुधवारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् ।
बेक फेस्टको बुधबार उद्योगपति राजेन्द्र खेतानले केक काटेर उदघाटन गरेका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको बेक फेष्ट इभेन्टको उदघाटन गर्दै उद्योगपति खेतानले यस्ता कार्यक्रमले ब्यववसाय प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक संस्थाकी प्रमुख दीपा भुसालले बताइन् ।
शहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृति बिस्तारै गाउँघरतिर पनि फैलिँदै गएको छ । बुधबारबाट सुरु फेष्टिभलमा केक र बेकरीको नयाँ नयाँ प्रोडक्ट समावेश रहेको भुसालले जानकारी दिइन् ।
तीन दिनसम्म चल्ने उक्त फेष्टिबलमा भिन्न भिन्न प्रकारका ओहो केक, यूरोपियन बेकरी, बेक्स एण्ड केक्स, लगायतका बेकरीका परिकारहरु एकै ठाउँमा राखिएका छन् ।
३५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरका लुलु, ताजा बेकरीजहरुको आबद्वता रहेको सो बेक फेष्टको पहिलो दिनमा सेफ च्यालेन्ज थिम आयोजना गरिएको भुसालले जानकारी दिइन् ।
इभेन्टको दोस्रो दिन विहीबार गेम च्यालेन्ज र तेस्रो तथा अन्तिम दिन शुक्रबार केक रन वे र म्युजिकल इभेन्ट रहने आयोजकले जनाएको छ ।
राजधानीका विभिन्न होटल म्यानेजमेन्ट कलेजहरुको प्रत्यक्ष सहभागीतामा लाइभ बेकरीका आइटमहरुको प्रतिष्पर्धा हुने र पुरस्कारको पनि व्यवस्था गरिएको भुसालले बताइन् ।
बेक फेष्टमा फुड एण्ड बेभरेज, हस्पिटालिटी, शैक्षिक र फिल्मी क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहने जनाइएको छ ।
बेक फेष्टमा फुड एण्ड बेभरेज, हस्पिटालिटी, शैक्षिक र फिल्मी क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहने जनाइएको छ ।
बुधवारदेखि सुरु भएको इभेन्ट तीन दिनसम्म सञ्चालन हुने भएको छ । इभेन्टको पहिलो दिन विहानैदेखि हिउँदे वर्षा भएका कारण चहलपहल कम देखिएको थियो ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया