सन्तान शोकमा परेका यी हुन् बलिउड कलाकार

काठमाडौं । फिल्ममा अभिनय कलाका कारण दर्शकलाई मोहित बनाउने कलाकारहरू वास्तविक जीवनमा कति पीडामा छन् भन्ने कुरा कमैलाई मात्र थाहा होला । फिल्ममा खुसी साथ अभिनय गर्ने यी कलाकारहरूको भित्री पीडा निकै दर्दनाक नै छ । बलिउडमा यस्ता केही अभिनेता छन्, जसले सन्तान शोकको पीडा भोगेका छन् ।
बलिउडका ‘मिस्टर परफेक्टनिस्ट’ आमिर खान सन्तान शोकको पीडा भोग्ने कलाकारमा पर्दछन् । आफ्नो सन्तानको स्वागतका लागि तयारी गरिरहँदा केही कारणले उनको श्रीमतीको गर्भपात भएको थियो । यो कुराले आमिरलाई ठूलो झड्का लागेको थियो । तर पनि उनले आफ्नो पीडालाई भुलेर करियरलाई अगाडि बढाए ।
अभिनेता शेखर सुमनले पनि ११ वर्षको छोरालाई गुमाएका छन् । मुटुको बिरामीका कारण उनको छोरा आयुषको निधन भएको थियो । अहिले पनि अन्तर्वार्ताका क्रममा छोरालाई सम्झेर भावुक हुने गरेका छन् ।
गोविन्दाले चार महिनाकी छोरीलाई गुमाउनु परेको छ । उनले अन्तर्वार्तामा छोरीसँग आफूले चार महिना मात्र बस्न पाएको स्मरण गर्ने गरेका छन् ।
अभिनेता कवीर वेदीले पनि पुत्रशोकको पीडा भोगेका छन् । उनको छोरा सिद्धार्थ डिप्रेसनको सिकार बनेका थिए । जसकारण उनले आत्महत्या गरेका थिए । छोराको शवलाई बोकेर उनले दाहसंस्कार गरेका थिए ।









अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया