सन्तान शोकमा परेका यी हुन् बलिउड कलाकार

काठमाडौं । फिल्ममा अभिनय कलाका कारण दर्शकलाई मोहित बनाउने कलाकारहरू वास्तविक जीवनमा कति पीडामा छन् भन्ने कुरा कमैलाई मात्र थाहा होला । फिल्ममा खुसी साथ अभिनय गर्ने यी कलाकारहरूको भित्री पीडा निकै दर्दनाक नै छ । बलिउडमा यस्ता केही अभिनेता छन्, जसले सन्तान शोकको पीडा भोगेका छन् ।
बलिउडका ‘मिस्टर परफेक्टनिस्ट’ आमिर खान सन्तान शोकको पीडा भोग्ने कलाकारमा पर्दछन् । आफ्नो सन्तानको स्वागतका लागि तयारी गरिरहँदा केही कारणले उनको श्रीमतीको गर्भपात भएको थियो । यो कुराले आमिरलाई ठूलो झड्का लागेको थियो । तर पनि उनले आफ्नो पीडालाई भुलेर करियरलाई अगाडि बढाए ।
अभिनेता शेखर सुमनले पनि ११ वर्षको छोरालाई गुमाएका छन् । मुटुको बिरामीका कारण उनको छोरा आयुषको निधन भएको थियो । अहिले पनि अन्तर्वार्ताका क्रममा छोरालाई सम्झेर भावुक हुने गरेका छन् ।
गोविन्दाले चार महिनाकी छोरीलाई गुमाउनु परेको छ । उनले अन्तर्वार्तामा छोरीसँग आफूले चार महिना मात्र बस्न पाएको स्मरण गर्ने गरेका छन् ।
अभिनेता कवीर वेदीले पनि पुत्रशोकको पीडा भोगेका छन् । उनको छोरा सिद्धार्थ डिप्रेसनको सिकार बनेका थिए । जसकारण उनले आत्महत्या गरेका थिए । छोराको शवलाई बोकेर उनले दाहसंस्कार गरेका थिए ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया