सोमबार, पुष ७, २०८२

ग्लोबल आइएमई बैंक १६औँ वर्षमा

‘धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार आवश्यक’

मेरोन्यूज २०७८ पुष १९ गते ८:२०

काठमाडौं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् ।

आइतवार बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताए ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग औपचारिक रुपमा नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले ग्लोवल आईएमई बैंकलाई विदेशमा शाखा खोल्न अनुमति दिनका लागि आग्रह गरे ।

अध्यक्ष ढकालले राष्ट्र बैंकले डलरमा खाता खोल्ने नीति ल्याउनु राम्रो भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान बढी विदेशी मुद्रा आर्जन हुने देशहरुमा शाखा संचालनको अनुमति दिन माग गरे ।

भर्खर भर्खर नेपाल राष्ट्र बैंकले जुन एउटा डलरमा खाता खोल्ने पोलिसी ल्याएकोमा ढकालले धन्यवाद दिए ।

अध्यक्ष ढकालले बैंकले हाल औपचारिक रुपमा विदेशी मुद्रा नेपाल भित्र्याउन केही मुलुकमा शाखाको रुपमा सम्पर्क कार्यालयहरु सञ्चालन गरिए पनि त्यसले पर्याप्त नहुने बताए ।

प्रतिक्रिया