सोमबार, पुष ७, २०८२

आजको सुनचाँदीको दरभाउः सुन तीन सय र चाँदीको मूल्य पाँच रुपैया घट्यो

मेरोन्यूज २०७८ पुष १९ गते ११:२३

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

छापावाल सुन ३ सयले घटेर आ ९३ हजार एक सयमा आएको छ । आइतबार छपावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६ सय कायम भएको छ । तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ९२ हजार ९ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार २६५ रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।

चाँदी आइतबार प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया