मंगलबार, पुष ८, २०८२

अब बाणिज्य बैंकबाट खल्ती वालेटमा पैसा राख्न सकिने

मेरोन्यूज २०७८ पुष २१ गते १४:०७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिंगबाट अब ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ ।

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एप मार्फत् खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको हो ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।

यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुने उनले विश्वास ब्यक्त गरे ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।

२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साइटमा भुक्तानी गरि साठी हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया