युनिमनीको र्याफल ड्र क्याम्पियन सुरू

काठमाडौँ । युनिमनी एक्सचेन्जको र्याफल ड्र क्याम्पियन सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिनबाट सुरु भएको क्याम्पियन आगामी फागुन १० गतेसम्म चल्ने जनाइएको छ ।
र्याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट धधध।गलष्mयलष्।त्रब मार्फत पैसा पठाउँदा १० जना विजेताले आइफोन १३ का साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।
विद्युतीय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुने जनाइएको छ ।
उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०÷२० जनालाई पुरस्कार प्रदान गरिन्छ ।
ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा आफू उत्साहित भएको युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले बताए ।
युनिमनी एक्सचेन्ज एलएलसी (युनिमनी) वित्तीय सेवाहरूको एक विविध प्रदायक हो । युनिमनीले खुद्रा स्टोरहरू, अनलाइन र मोबाइल समाधानहरूसहित बहु ग्राहक टचपोइन्टहरू मार्फत भौगोलिक, मुद्राहरू र च्यानलहरूमा पैसाको निर्बाध आवागमनको सुविधा दिने गरेको छ ।
युनिमनीले अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा सन् २००७ मा कतार केन्द्रीय बैंकले इजाजत पाएको थियो ।
यसैबीच, आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया