स्थगित हुन थाले मेला महोत्सव
मेरोन्यूज
२०७८ पुष २७ गते १९:०४

काठमाडौं । कोरोना संक्रमण बढेर सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि मेला महोत्सवहरु स्थगित हुन थालेका छन् ।
कोरोनाको कारण माघ १८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित गरिएको छ ।
माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गरिएको थियो ।
अर्को निर्णय नभएसम्मको लागि हाललाई मेला स्थगित गरिएको क्यान महासंघले जनाएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालयको निर्णयलाई ध्यानमा राख्दै मेला स्थागित गरिएको आयोजकले जनाएको छ ।
महासंघले मेलाको सम्पूर्ण तयारी पूरा भइसकेका बताएको थियो ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया