ललिता निवास प्रकरण: मुख्य अभियुक्त सुवेदी दम्पत्ति थुनामुक्त
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवलाई प्रहरीले छाडेको छ । सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवास प्रकरणको फाइल प्रहरीलाई फिर्ता गरेपछि अनुसन्धान लागि पक्राउ परेका भूमाफिया सुवेदी दाम्पत्तिलाई प्रहरीले छाडेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित हुने शर्तमा मंगलबार साँझ हिरासत मुक्त गरेको हो । ‘आवश्यक परेको बेला अनुसन्धानमा सहयोग हुने गरी शर्तनामा गरेर छाडिएको हो’, सिआइबीका प्रमुख डिआइजी धिरज प्रताप सिंहले भने ।
ललिता निवासको सरकारी जग्गा छानविन समितिले उनीहरुलाई मूख्य अभियुक्तको रुपमा किटान गरेको थियो । प्रहरीले भने व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ गरेको थियो ।
डिल्ली बजार मालपोत कार्यालयमा लेखनदासको काम गर्ने सुवेदीले अर्का भूमाफिया शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप थियो । सिआइबीले सो सम्बन्धी अनुसन्धानमा थप प्रमाण जुटाउनु पर्ने आवश्यकता रहेको छ ।
सरकारी वकिलको कार्यालयले फाइल फिर्ता गरेसँगै प्रहरीले प्रमाण जुटाउनु पर्ने भएको हो । राजनीतिक दबाब र प्रभावमा सो फाइल फिर्ता भएको स्रोतले जनाएको छ । महान्याधिवक्ता खम्ब खातीकै निर्देशनमा सरकारी वकिलको कार्यालयले सिआइबीलाई थप अनुसन्धान गर्न निर्दैशन दिँदै फाइल फिर्ता भएको स्रोतले जनाएको छ ।
खातीका कारण ललिता निवास प्रकरण त्यत्तिकै ढिसमिस हुने सम्भावना
सिआइबीले करिब तीन वर्ष लगाएर अनुसन्धान गरेको थियो । करिब ४ सय जना मानिसहरुलाई मुद्दा चल्न सक्ने जनाएको भए पनि कर्मचारीलाई मात्र आरोपित गरेर फाइल बुझाएको थियो ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको छ । निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ ।
यो मुद्दामा मुलुकी ऐनअनुसार हदम्याद लागू हुने भएकाले फाइल फिर्ता भएको सरकारी वकिलको तर्क छ । सिआइबीले तीन सयजनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । प्रतिवेदन अध्ययन गरेर कसलाई मुद्दा चलाउने, नचलाउने भन्ने निक्र्योल सरकारी वकिलको कार्यालयले गर्नुपर्छ । सिआईबीले ललितानिवास जग्गा प्रकरणको २०७६ फागुनदेखि अनुसन्धान सुरु गरेको थियो ।
किर्ते मुद्दामा ४ सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चल्न सक्ने र त्यसमा उच्च राजनीतिक नेतृत्वसमेत तानिनसक्ने बताइएको छ। तर सिआइबीको प्रतिवेदनमा राजनीतिक नेतृत्वलाई छोइएको छैन ।
गच्छदारलाई जोगाउँदै ललिता निवास प्रकरणमा सीआईबीको प्रतिवेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै दुई वर्षअघि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीहरूको थुनछेक बयान सकिसकेको छ । अख्तियारले प्रतिवादी बनाएका सबैजना कीर्ते मुद्दामा नपर्न सक्ने सिआइबीले जनाएको छ । जग्गा प्रकरणमा लिखतसँग सम्बन्धित कसुरमा संलग्नलाई मात्रै किर्ते मुद्दा चल्नेछ । २०४९ देखि २०६९ सालसम्ममा ललितानिवासको १ सय ४३ रोपनी जग्गासम्बन्धी लिखत किर्ते गरी हिनामिना भएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ ।
ललिता निवास जग्गा प्रकरणः सुवेदी दम्पत्ति थुनामुक्त काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवलाई प्रहरीले छाडेको छ । सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवास प्रकरणको फाइल प्रहरीलाई फिर्ता गरेपछि अनुसन्धान लागि पक्राउ परेका भूमाफिया रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई प्रहरीले छाडेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित हुने शर्तमा मंगलबार साँझ हिरासत मुक्त गरेको हो । ‘आवश्यक परेको बेला अनुसन्धानमा सहयोग हुने गरी शर्तनामा गरेर छाडिएको हो’, सिआइबीका प्रमुख डिआइजी धिरज प्रताप सिंहले भने ।
ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी
ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी पक्राउ
ललिता निवासको सरकारी जग्गा छानवन समितिले उनीहरुलाई मूख्य अभियुक्तको रुपमा किटान गरेको थियो । प्रहरीले भने व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ गरेको थियो ।
डिल्ली बजार मालपोत कार्यालयमा लेखनदासको काम गर्ने सुवेदीले अर्का भूमाफिया शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप थियो । सिआइबीले सो सम्बन्धी अनुसन्धानमा थप प्रमाण जुटाउनु पर्ने आवश्यकता रहेको छ ।
सरकारी वकिलको कार्यालयले फाइल फिर्ता गरेसँगै प्रहरीले प्रमाण जुटाउनु पर्ने भएको हो । राजनीतिक दबाब र प्रभावमा सो फाइल फिर्ता भएको स्रोतले जनाएको छ । महान्याधिवक्ता खम्ब खातिकै निर्देशनमा सरकारी वकिलको कार्यालयले सिआइबीलाई थप अनुसन्धान गर्न निर्दैशन दिदै फाइल फिर्ता भएको स्रोतले जनाएको छ । सिआइबीले करिव तीन वर्ष लगाएर अनुसन्धान गरेको थियो । करिब ४ सय जना मानिसहरुलाई मुद्धा चल्न सक्ने जनाएको भएपनि कर्मचारीलाई मात्र आरोपित गरेर फाइल बुझाएको थियो ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध सुनुवाई हुँदै
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको छ । निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ ।
यो मुद्दामा मुलुकी ऐनअनुसार हदम्याद लागू हुने भएकाले फाइल फिर्ता भएको सरकारी वकिलको तर्क छ । सिआइबीले तीन सयजनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । प्रतिवेदन अध्ययन गरेर कसलाई मुद्दा चलाउने, नचलाउने भन्ने निक्र्योल सरकारी वकिलको कार्यालयले गर्नुपर्छ ।
नेताहरुलाई चोख्याएर पठाएको प्रतिवेदनमा सरकारी वकिलको कैची
सिआइबीले ललितानिवास जग्गा प्रकरणको २०७६ फागुनदेखि अनुसन्धान सुरु गरेको थियो। किर्ते मुद्दामा ४ सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चल्न सक्ने र त्यसमा उच्च राजनीतिक नेतृत्वसमेत तानिनसक्ने बताइएको छ । तर सिआइबीको प्रतिवेदनमा राजनीतिक नेतृत्वलाई छोइएको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै दुई वर्षअघि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीहरूको थुनछेक बयान सकिसकेको छ । अख्तियारले प्रतिवादी बनाएका सबैजना कीर्ते मुद्दामा नपर्न सक्ने सिआइबीले जनाएको छ ।
जग्गा प्रकरणमा लिखतसँग सम्बन्धित कसुरमा संलग्नलाई मात्रै किर्ते मुद्दा चल्नेछ । २०४९ देखि २०६९ सालसम्ममा ललितानिवासको १ सय ४३ रोपनी जग्गासम्बन्धी लिखत किर्ते गरी हिनामिना भएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया