ललिता निवास प्रकरण: मुख्य अभियुक्त सुवेदी दम्पत्ति थुनामुक्त
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवलाई प्रहरीले छाडेको छ । सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवास प्रकरणको फाइल प्रहरीलाई फिर्ता गरेपछि अनुसन्धान लागि पक्राउ परेका भूमाफिया सुवेदी दाम्पत्तिलाई प्रहरीले छाडेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित हुने शर्तमा मंगलबार साँझ हिरासत मुक्त गरेको हो । ‘आवश्यक परेको बेला अनुसन्धानमा सहयोग हुने गरी शर्तनामा गरेर छाडिएको हो’, सिआइबीका प्रमुख डिआइजी धिरज प्रताप सिंहले भने ।
ललिता निवासको सरकारी जग्गा छानविन समितिले उनीहरुलाई मूख्य अभियुक्तको रुपमा किटान गरेको थियो । प्रहरीले भने व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ गरेको थियो ।
डिल्ली बजार मालपोत कार्यालयमा लेखनदासको काम गर्ने सुवेदीले अर्का भूमाफिया शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप थियो । सिआइबीले सो सम्बन्धी अनुसन्धानमा थप प्रमाण जुटाउनु पर्ने आवश्यकता रहेको छ ।
सरकारी वकिलको कार्यालयले फाइल फिर्ता गरेसँगै प्रहरीले प्रमाण जुटाउनु पर्ने भएको हो । राजनीतिक दबाब र प्रभावमा सो फाइल फिर्ता भएको स्रोतले जनाएको छ । महान्याधिवक्ता खम्ब खातीकै निर्देशनमा सरकारी वकिलको कार्यालयले सिआइबीलाई थप अनुसन्धान गर्न निर्दैशन दिँदै फाइल फिर्ता भएको स्रोतले जनाएको छ ।
खातीका कारण ललिता निवास प्रकरण त्यत्तिकै ढिसमिस हुने सम्भावना
सिआइबीले करिब तीन वर्ष लगाएर अनुसन्धान गरेको थियो । करिब ४ सय जना मानिसहरुलाई मुद्दा चल्न सक्ने जनाएको भए पनि कर्मचारीलाई मात्र आरोपित गरेर फाइल बुझाएको थियो ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको छ । निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ ।
यो मुद्दामा मुलुकी ऐनअनुसार हदम्याद लागू हुने भएकाले फाइल फिर्ता भएको सरकारी वकिलको तर्क छ । सिआइबीले तीन सयजनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । प्रतिवेदन अध्ययन गरेर कसलाई मुद्दा चलाउने, नचलाउने भन्ने निक्र्योल सरकारी वकिलको कार्यालयले गर्नुपर्छ । सिआईबीले ललितानिवास जग्गा प्रकरणको २०७६ फागुनदेखि अनुसन्धान सुरु गरेको थियो ।
किर्ते मुद्दामा ४ सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चल्न सक्ने र त्यसमा उच्च राजनीतिक नेतृत्वसमेत तानिनसक्ने बताइएको छ। तर सिआइबीको प्रतिवेदनमा राजनीतिक नेतृत्वलाई छोइएको छैन ।
गच्छदारलाई जोगाउँदै ललिता निवास प्रकरणमा सीआईबीको प्रतिवेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै दुई वर्षअघि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीहरूको थुनछेक बयान सकिसकेको छ । अख्तियारले प्रतिवादी बनाएका सबैजना कीर्ते मुद्दामा नपर्न सक्ने सिआइबीले जनाएको छ । जग्गा प्रकरणमा लिखतसँग सम्बन्धित कसुरमा संलग्नलाई मात्रै किर्ते मुद्दा चल्नेछ । २०४९ देखि २०६९ सालसम्ममा ललितानिवासको १ सय ४३ रोपनी जग्गासम्बन्धी लिखत किर्ते गरी हिनामिना भएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ ।
ललिता निवास जग्गा प्रकरणः सुवेदी दम्पत्ति थुनामुक्त काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवलाई प्रहरीले छाडेको छ । सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवास प्रकरणको फाइल प्रहरीलाई फिर्ता गरेपछि अनुसन्धान लागि पक्राउ परेका भूमाफिया रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई प्रहरीले छाडेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित हुने शर्तमा मंगलबार साँझ हिरासत मुक्त गरेको हो । ‘आवश्यक परेको बेला अनुसन्धानमा सहयोग हुने गरी शर्तनामा गरेर छाडिएको हो’, सिआइबीका प्रमुख डिआइजी धिरज प्रताप सिंहले भने ।
ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी
ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी पक्राउ
ललिता निवासको सरकारी जग्गा छानवन समितिले उनीहरुलाई मूख्य अभियुक्तको रुपमा किटान गरेको थियो । प्रहरीले भने व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ गरेको थियो ।
डिल्ली बजार मालपोत कार्यालयमा लेखनदासको काम गर्ने सुवेदीले अर्का भूमाफिया शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप थियो । सिआइबीले सो सम्बन्धी अनुसन्धानमा थप प्रमाण जुटाउनु पर्ने आवश्यकता रहेको छ ।
सरकारी वकिलको कार्यालयले फाइल फिर्ता गरेसँगै प्रहरीले प्रमाण जुटाउनु पर्ने भएको हो । राजनीतिक दबाब र प्रभावमा सो फाइल फिर्ता भएको स्रोतले जनाएको छ । महान्याधिवक्ता खम्ब खातिकै निर्देशनमा सरकारी वकिलको कार्यालयले सिआइबीलाई थप अनुसन्धान गर्न निर्दैशन दिदै फाइल फिर्ता भएको स्रोतले जनाएको छ । सिआइबीले करिव तीन वर्ष लगाएर अनुसन्धान गरेको थियो । करिब ४ सय जना मानिसहरुलाई मुद्धा चल्न सक्ने जनाएको भएपनि कर्मचारीलाई मात्र आरोपित गरेर फाइल बुझाएको थियो ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध सुनुवाई हुँदै
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको छ । निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ ।
यो मुद्दामा मुलुकी ऐनअनुसार हदम्याद लागू हुने भएकाले फाइल फिर्ता भएको सरकारी वकिलको तर्क छ । सिआइबीले तीन सयजनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । प्रतिवेदन अध्ययन गरेर कसलाई मुद्दा चलाउने, नचलाउने भन्ने निक्र्योल सरकारी वकिलको कार्यालयले गर्नुपर्छ ।
नेताहरुलाई चोख्याएर पठाएको प्रतिवेदनमा सरकारी वकिलको कैची
सिआइबीले ललितानिवास जग्गा प्रकरणको २०७६ फागुनदेखि अनुसन्धान सुरु गरेको थियो। किर्ते मुद्दामा ४ सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चल्न सक्ने र त्यसमा उच्च राजनीतिक नेतृत्वसमेत तानिनसक्ने बताइएको छ । तर सिआइबीको प्रतिवेदनमा राजनीतिक नेतृत्वलाई छोइएको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै दुई वर्षअघि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीहरूको थुनछेक बयान सकिसकेको छ । अख्तियारले प्रतिवादी बनाएका सबैजना कीर्ते मुद्दामा नपर्न सक्ने सिआइबीले जनाएको छ ।
जग्गा प्रकरणमा लिखतसँग सम्बन्धित कसुरमा संलग्नलाई मात्रै किर्ते मुद्दा चल्नेछ । २०४९ देखि २०६९ सालसम्ममा ललितानिवासको १ सय ४३ रोपनी जग्गासम्बन्धी लिखत किर्ते गरी हिनामिना भएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ ।










आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया