डोनाल्ड ट्रम्पको भिडियो राखेको भन्दै इरानका सर्वोच्चको ट्विटर बन्द
मेरोन्यूज
२०७८ माघ २ गते ७:४०

काठमाडौँ । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खमेनीको अकाउन्ट बन्द गरिदिएको हो ।
सो भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ । ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन कमान्डर जनरल क्वासिम सोलिमानीको मृत्यु भएको थियो ।
खमेनीको आधिकारिक वेबसाइटमा ‘बदला निश्चित छ’ भन्ने भिडियोलाई पनि केही दिनअघि ट्विटरले हटाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया