शेयर कारोबारमा उच्च अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार उच्च अंकले गिरावट आएको छ ।
बुधबार नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलव ३१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलव ६६ विन्दुमा थामिएको थियो । साताको पहिलो र दोस्रो दिन भने नेप्सेमा उच्च अंकको वृद्धि आएको थियो ।
बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ६ अर्ब २ करोड १३ लाख बराबरको मात्रै कारोबार भएको छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ ।
आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भने बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।
घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नतको शेयरमूल्यमा भने बुधबार भारी गिरावट आएको छ ।

















देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
नवपुस्ताका मतदाता भन्छन् : ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
अजरबैजानमा इरानी ड्रोन आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया