ज्योतीको गीतमा अभिनेता आर्यन (भिडियोसहित)
काठमाडौं । गीतकार ज्योती गुरुङको ‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक गंगाराज राई र गायिका दीपा लामाको स्वर रहेको गीत आज (शुक्रबार) जेजी क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतको भिडियो अभिनेता आर्यन सिग्देल र मोडल निरु कोइरालाले अभिनय गरेका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् ।
राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन र सिमोन तामाङले कलरिङ गरेका छन् ।
बेलायतस्थित स्टुडियो प्लाटफर्म र काठमाडौंको किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा गंगा राज राईकै संगीत रहेको छ । गीतमा राजु कार्कीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङक गरेका हुन् ।
गीतकार गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा, खै कसरी लगायतका गीत बजारमा आइसकेका छन् ।
भिडियो
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
कांग्रेस संसदीय दलको नेता चयनबारे बैठक बस्दै
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया