भायोनेटका ५ कर्मचारी टेलिकमको तार चोरेको आरोपमा पक्राउ

काठमाडौं । टेलिकमको तार चोरेको आरोपमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङ घर भएका प्रेम बहादुर बोहरा, कैलाली घर भएका नमेश बुढा र गोविन्द साउद, गोरखा घर भएका राजन घले तथा काभ्रेको बनेपा घर भएका प्रबिन कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० दिनेशराज मैनालीले जानकारी दिए ।
भायोनेट मर्मतका लागी प्रदेश–३–०१–०२३ च ४३०१ नम्बरको हात्ती गाडीमा हिँड्ने उनिहरुले तार चोरी गर्ने गरेको अनुसन्धानबाट थाहा भएपछि गरेको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हात्ती गाडीको अगाडी ‘दुरसञ्चार इन्टरनेट सेवा’ लेखिएको बोर्ड राखेर हिँड्ने हुनाले उनीहरुलाई सहजै कसैले शंका गर्थेनन् । आरोपीहरुले सो सुविधाको फाइदा उठाएर तार चोरी गर्दै आएका थिए ।
शनिवार तार चोरेर सो तार छिल्नलाई जंगलतिर जाँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
‘फुटपाथमा बस्नेहरु र कवाडी संकलकहरुलाई हामिले शंकाको घेरामा राख्ने गरेका थियौं, इन्टरनेट मर्मत गर्न हिँड्ने हुनाले उनीहरु प्रहरीको नजरमा पर्दैनथे तर, शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तार चोरीमा उनीहरु संलग्न रहेको खुलेको छ ।’ प्रहरीले भनेको छ ।
आरोपीहरुको साथबाट एउटा तारमा ५० ओटा र १ सय वटा लाइन जडान गर्न मिल्ने मोटो आकारको तारा पनि बरामद भएको प्रहरीको भनाई छ ।











बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया