शनिबार, चैत २१, २०८२

काठमाडाैंका सिडियाेले फेरि दिए यस्ताे आदेश (हेर्नुहाेस्)

मेरोन्यूज २०७८ वैशाख १४ गते २१:०७

काठमाडौं । कोरोना नियन्त्रणका लागि यही वैशाख १६ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको जिल्ला प्रशासनका कार्यालय काठमाडौंले आज फेरि केही आदेश थप गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार जारी आदेशमा केही संशोधन गरिएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

संशोधित आदेशमा मृत्यु, संस्कार र बिरामी कुरुवाको रुपमा रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था, विमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरुले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवातजावत गर्न दिनेलगायत संशोधन गरिएको छ ।

प्रतिक्रिया