प्रधान्यायाधीश जबरा गएपछि संवैधानिक परिषद बैठक सुरु भयो

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठक वालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहान १० बजे सुरु भएको हो ।
लामो समयपछि आज बसेको बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ ।
परिषद बैठकमा प्रधानन्यायाधीश चोलेन्द शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना उपस्थित छन् । विपक्षी दलका नेता शेरबहादुर देउवा सभामुख अग्नि प्रसाद सापकोटा भने गएका छैनन् ।
परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै असन्तुष्टि जनाएका देउवा र सापकोटा नगएका हुन् । देउवाले त हिजो नै विज्ञप्ति जारी गर्दै परिषदका अन्य सदस्यलाई पनि नजान आग्रह गरेका थिए ।
हाल लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् ।
संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गरेपछि संसदीय सुनुवाई पछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक परिषदको बैठक सम्बन्धी कार्यविधिमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिने र बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने उल्लेख छ ।
तर, हालै सरकारले बहुमतको आधारमा नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्थासहित अध्यादेश जारी गरेको छ ।










कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया