एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै, स्थायी कमिटी बैठकमा नेपाल पक्ष नजाने

काठमाडौं । नेकपा एमालेले आजका लागि स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीभित्र तिक्तता बढिरहेकै बेला अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले बिहान ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकमा आउन वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुलाई समेत खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजे बस्नेछ । तर असन्तुष्ट नेपाल पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।
‘पार्टीभित्र तिक्तता बढेको छ । पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेरमात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन’ एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीको भनाइ छ ।
यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सुझाव अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाएको थियो ।
कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो ।
तर, कार्यदलको सुझाव र एकताको भावना विपरित अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता नेपाललाई गद्दार भन्दै आरोप लगाएका छन् । यसले एमाले एकता थप पेचिलो बन्दै गएको छ ।
यसैबीच एमालेले आजै संसदीय दलको बैठक पनि बोलाएको छ । दलको बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने नेता तामाङले जानकारी दिए ।
















कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया