कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

बुटबल । नेकपा (माओवादी केन्द्र)का नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
केसीले आजै प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षर बुझाउँदै मुख्यमन्त्री दावी गरेका थिए ।
लुम्बिनी प्रदेशका कुल ८० सांसदमध्ये ४२ जना सांसदले उनलाई मुख्यमन्त्रीका लागि साथ दिएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको गठबन्धनबाट उनी मुख्यमन्त्री बन्न पुगेका हुन् ।
केसीलाई हृदयेश त्रिपाठी समूहमा रहेका एमालेको सूर्यचिन्हबाट चुनाव जितेका सांसद अजय शाही समेतले हस्ताक्षर गरेका छन् । एमालेसँग त्यहाँ ३८ सांसद थिए । शाहीले पनि कांग्रेस माओवादीतिर हस्ताक्षर गरेपछि शंकर पोखरेलसँग मात्रै ३७ सांसद सिमित हुन पुगेको छ ।
एमाले नेता शंकर पोखरेलले वुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । अहिले मुख्यमन्त्री नियुक्त भएका केसी यस अगाडी पोखरेल नेतृत्वकै प्रदेश सरकारमा आन्तरिक मामलिा तथा कानुन मन्त्रीको जिम्मेवारीमा समेत थिए ।
कांग्रेस र माओवादीले यो प्रदेशमा संसदको बाँकी अवधी बराबरी समय सरकारको नेतृत्व गर्ने सझदारीपछि शुरुमा केसी मुख्यमन्त्री बनेका हुन् ।









गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा
सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया