कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

बुटबल । नेकपा (माओवादी केन्द्र)का नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
केसीले आजै प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षर बुझाउँदै मुख्यमन्त्री दावी गरेका थिए ।
लुम्बिनी प्रदेशका कुल ८० सांसदमध्ये ४२ जना सांसदले उनलाई मुख्यमन्त्रीका लागि साथ दिएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको गठबन्धनबाट उनी मुख्यमन्त्री बन्न पुगेका हुन् ।
केसीलाई हृदयेश त्रिपाठी समूहमा रहेका एमालेको सूर्यचिन्हबाट चुनाव जितेका सांसद अजय शाही समेतले हस्ताक्षर गरेका छन् । एमालेसँग त्यहाँ ३८ सांसद थिए । शाहीले पनि कांग्रेस माओवादीतिर हस्ताक्षर गरेपछि शंकर पोखरेलसँग मात्रै ३७ सांसद सिमित हुन पुगेको छ ।
एमाले नेता शंकर पोखरेलले वुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । अहिले मुख्यमन्त्री नियुक्त भएका केसी यस अगाडी पोखरेल नेतृत्वकै प्रदेश सरकारमा आन्तरिक मामलिा तथा कानुन मन्त्रीको जिम्मेवारीमा समेत थिए ।
कांग्रेस र माओवादीले यो प्रदेशमा संसदको बाँकी अवधी बराबरी समय सरकारको नेतृत्व गर्ने सझदारीपछि शुरुमा केसी मुख्यमन्त्री बनेका हुन् ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया