मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई बर्खास्त गर्न पाँच विद्यार्थी संगठनको माग

काठमाडौं । पाँच विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई बर्खास्त गर्न माग गरेका छन् । बिहीबार बागबजारस्थित अखिल क्रान्त्रीकारीको कार्यालयमा बसेको नेविसं, अनेरास्ववियु, समाजबादी विद्यार्थी युनियन र अखिल छैठौंको वैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको बर्खास्तीको माग गरेका हुन् ।
पाँच सद्यार्थी संगठनले बैठकपछि विज्ञप्ति सार्वजनिक गर्दै, मध्यमाञ्चल विश्वविद्यालयको समस्या समाधान सम्बन्धमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवालाई भेटी मागपत्र बुझाएको र हालसम्म समस्या समाधान नगरिएको जनाएका छन् । उपकुलपतिद्वारा प्रशासनको दुरुपयोग र गुण्डागर्दी गरी विद्यार्थीमाथि सांघातिक हमला गरी घाईते बनाइएको र समस्या समाधानका लागि पहल नगर्ने तथा उत्ताउलो तरिकाले प्रस्तुत भैरहेको भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।
बर्खास्तीपछि खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्ति गर्नुपर्ने अडान व्यक्त गर्दै नियुक्तिमा राजनीति दलको भागबन्डा गरिएमा त्यो झनै प्रत्युत्पादक हुने विद्यार्थी आन्दोलनलाई मान्य नहुने चेतावनी समेत दिएका छन् ।
बिहीबार नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष राजिब ढुंगाना, अखिल क्रान्तीकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलको संयुक्त वैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको बर्खास्ती मागसहित अन्य सात विषयबारे निर्णय गरेको छ ।

















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया