मंगलबार, पुष १५, २०८२

संखुवासभा हत्या प्रकरण

घटनास्थलमै भेटियो १५ तोला सुन र ५ लाख नगद , अनुसन्धानमा नयाँ ‘ट्विस्ट’

दया दुदराज २०७८ भदौ २२ गते २०:५३

काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको सामुहिक हत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटना घटेको घरवाट १५ तोला सुन र ५ लाख नगद फेला परेको छ । मादी नगरपालिकास्थित वडा नं १ उमलिङका वडा अध्यक्ष खेमनाथ कटुवालका अनुसार अनुसन्धानको क्रममा घर खानतलासी गर्ने क्रममा घरबाट १५ तोला सुन र ५ लाख फेला परेको हो ।

प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गरेको थियो तर नगद र सुन फेला पारेपछी अनुसन्धान झनै जटिल बन्दै गएको एक प्रहरी अधिकारीले मेरोन्यूजलाई बताए ।

‘धानमाल चोरीको लागी सामुहिक हत्या गरिएको हुन सक्ने आशंका गर्दै अनुसन्धानलाई तिव्रता दिएका थियौ तर पैसा र सुन भेटिएपछि अनुसन्धान थप जटिल बन्दै गएको छ ।’ ती प्रहरी अधिकारीले भने ।

अनुसन्धानमा के के भयो ?


सोमबार विहान अन्दाजी २ बजेतिर अज्ञात समुहले एकै परिवारका ६ जनाको हत्या गरेपछि ९ बजे ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सिल गरेर राखेको थियो । अनुसन्धानमा जटिलता देखिएपछि संघिय प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर सहित प्रहरी उपरिक्षक (एसपी) भिम दाहालको टोली घटनास्थलमा सोमबार राति नै पुगेको थियो ।

तर भारी वर्षका कारण राती मुचुल्का उठाउन सम्भव नभएपछि मंगलबार विहानबाट अनुसन्धान सुरु गरेको थियो । रातभरी आएको बर्षाका कारण ‘क्लु’ भेटाउन गाह्रो पर्ने अनुमान गरिएको थियो । तर जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले तालिमप्राप्त कुकुरको सहायताबाट ‘क्लू’ भेटिएको बताए ।

‘क्लु’का आधारमा अनुसन्धान सहज देखिएपछि प्रहरीले आर्थिक पाटोबाट थालेको अनुसन्धानले घटनालाई झनै जटिलता तर्फ मोडिएको एक प्रहरी अधिकारीले मेरोन्यूजलाई जानकारी दिए । मारिएका ६ जना सदस्यहरुको टाउनकोमा चोट लागेको थियो । प्रहरीले शव परिक्षणका लागि ‘पोस्टमार्टम’का लागि धरान पठाएको छ ।


केन्द्रीय अनुसन्धान ब्यूरो पनि घटनास्थलतर्फ


त्यस्तै अनुसन्धनकै लागी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट समेत विषेश टोली घटनास्थल तर्फ गईसकेको छ । टोली राती सम्म पुग्ने अनुमान गरिएको छ । सीआइबीका प्रहरी नायवउपरीक्षक (डीएसपी) रुगम कुँवरको नेतृत्वमा एक जना प्रहरी निरीक्षक र एक सई को टोली घटनास्थल तर्फ जाँदै गरेको सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए ।

मादी नगरपालिका १ उमलिङको खोलागाउँस्थित बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । ९३ वर्षीय बौद्धमान भने सकुसल रहेका छन् ।

उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

संखुवासभा हत्या प्रकरण : सीआइबीको टोली खाँदबारी, भेटियो ‘क्लू’

संखुवासभा सामूहिक हत्या : पाँच जनाको भाग्दै गर्दा र एक जना सुतेकै अवस्थामा हत्या

एकै परिवारका ६ जनाको हत्या, हत्यामा धारिलो हतियारको प्रयोग

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया