संखुवासभा हत्या प्रकरण : आमाको मृत्युको बदलामा सामूहिक हत्या

काठमाडौँ । संखुवासभा मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याका आरोपी लोकबहादुर कार्की पक्राउ परेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
गत वर्ष आफ्नी आमाको मृत्यु ५२ वर्षीय काका तेजबहादुर कार्कीका कारण भएको भन्दै उनले हत्या गरेको प्रहरीलाई बताएका छन् ।
‘गत वर्ष तेजबहादुरको घरमा लालबहादुरकी आमा लडेकी थिइन, घाइने भएकी उनलाई उपचारका लागि झापाको एक अस्पतालमा लगिएको थियो,’ वडाध्यक्ष खेमनाथ कटुवालले भने, ‘उपचारका क्रममा लालबहादुरकी आमाको मृत्यु हुनु पुग्यो, सोही घटनालाई लिएर उनको आमाको मृत्युको पछाडि काकाको षड्यन्त्र रहेको भन्दै प्रतिशोध लिएको भन्ने कुरा सुनेको छु ।’
घटनामा प्रहरीले नजिकैको व्यक्ति संलग्न हुन आशंका गरेको थियो । सोहीअनुरुप प्रहरीले लालबहादुरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले तेजबहादुरलाई मात्रै हत्या गर्न खोज्दा परिवारका अन्य सदस्यले देखेपछि सबैको हत्या गरेको हो । घटनामा ९३ वर्षीय वैद्यमान कार्की भने देख्न र सुन्न नसक्ने भएकाले सकुशल छाडेको बयानमा बताएका छन् ।
गत सोमबार (भदौँ २१ गते) तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।
संखुवासभा सामूहिक हत्यामा पक्राउ परेका २६ वर्षीय युवा को हुन् ?

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>










राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया