संखुवासभा हत्या प्रकरण : आमाको मृत्युको बदलामा सामूहिक हत्या

काठमाडौँ । संखुवासभा मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याका आरोपी लोकबहादुर कार्की पक्राउ परेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
गत वर्ष आफ्नी आमाको मृत्यु ५२ वर्षीय काका तेजबहादुर कार्कीका कारण भएको भन्दै उनले हत्या गरेको प्रहरीलाई बताएका छन् ।
‘गत वर्ष तेजबहादुरको घरमा लालबहादुरकी आमा लडेकी थिइन, घाइने भएकी उनलाई उपचारका लागि झापाको एक अस्पतालमा लगिएको थियो,’ वडाध्यक्ष खेमनाथ कटुवालले भने, ‘उपचारका क्रममा लालबहादुरकी आमाको मृत्यु हुनु पुग्यो, सोही घटनालाई लिएर उनको आमाको मृत्युको पछाडि काकाको षड्यन्त्र रहेको भन्दै प्रतिशोध लिएको भन्ने कुरा सुनेको छु ।’
घटनामा प्रहरीले नजिकैको व्यक्ति संलग्न हुन आशंका गरेको थियो । सोहीअनुरुप प्रहरीले लालबहादुरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले तेजबहादुरलाई मात्रै हत्या गर्न खोज्दा परिवारका अन्य सदस्यले देखेपछि सबैको हत्या गरेको हो । घटनामा ९३ वर्षीय वैद्यमान कार्की भने देख्न र सुन्न नसक्ने भएकाले सकुशल छाडेको बयानमा बताएका छन् ।
गत सोमबार (भदौँ २१ गते) तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।
संखुवासभा सामूहिक हत्यामा पक्राउ परेका २६ वर्षीय युवा को हुन् ?

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया