क्यानाडाबाट मुक्त हुँदै चीन फर्किइन् हुवावेकी प्रमुख वित्तीय अधिकारी

काठमाडौँ । विगत तीन वर्षदेखि क्यानाडामा बन्दी जीवन बिताइरहेकी चीनको हुवावे कम्पनीकी मुख्य वित्तीय अधिकारी स्वदेश फर्किएकी छन् । वित्तीय अधिकारी मेङ्ग वानझोउलाई स्वागत गर्न हजारौँ चिनियाँ नागरिक विमानस्थलमा उपस्थित भएका थिए ।
चीनको दक्षिणी सहर सेञ्जेनमा रहेको सेञ्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको समर्थनमा नारा लगाइएको थियो । वानझोउको स्वागतमा उपस्थित भएकाहरूले उनको फोटो र देशको झण्डा फहराएका थिए ।
हुवावेका प्रमुख वित्तीय अधिकारी रहेकी उनी कम्पनीका संस्थापककी छोरी हुन् । उनलाई तीन वर्षपछि शनिबार राति क्यानाडाले स्वदेश फिर्ता हुन अनुमति दिएको थियो ।
अवैध रुपमा वानझोउलाई हिरासतमा राखेपछि चीन सरकारले कुटनीतिक पहल गर्दै आएको थियो । उनलाई स्वदेश फिर्ता पठाउने भएसँगै चार्टर उडानमार्फत उनी चीन फर्किएकी हुन् ।

‘अन्ततः म स्वदेश फिर्ता हुन सफल भएँ, मलाई मेरो मातृभूमिले न्यानो स्वागत गरेको छ,’ वानझोउले भनिन्, ‘एउटा सामान्य चिनियाँ नागरिकको रूपमा यो कठिन समयबाट गुज्रिरहँदा मैले सधैँ पार्टी, राष्ट्र र जनताको न्यानोपन र चिन्ता महसुस गरेको थिए ।’
४९ वर्षीय वानझोउलाई डिसेम्बर सन २०१८ मा अमेरिकाको वारेन्टमा गिरफ्तार गरिएको थियो । उनीमाथि सन २०१३ मा इरानमा दूरसञ्चार उपकरण जायन्टको व्यापारिक कारोबारको बारेमा एचएसबीसीलाई कथित रूपमा भ्रामक बनाएको भन्दै बैंक र तार ठगी आरोपमा दोषी देखाइएको थियो ।
उनलाई पक्राउ गरेसँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्ध चिसिएको थियो। साथै उनी पक्राउ परेलगत्तै चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरी हिरासतमा राखेको थियो।
क्यानाडाबाट स्वदेश फर्केकी उनमाथि लागेका सबै आरोपमा दोषी नहुने समाचारमा जनाइएको छ । एजेन्सी
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया