शुक्रबार, मंसिर २८, २०८१

प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरूको बैठक

मेरोन्यूज २०७८ असोज १९ गते १२:४२

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले आज पूर्ण बैठक बोलाएका छन् । उनले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका हुन् ।

Advertisement

प्रधानन्यायाधीश जबराले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । दसैँको बिदा अवधिमा मुद्दा सुनवाई गर्ने न्यायाधीशहरूको नाम तय गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

सर्वोच्चमा दसैँ बिदाको समयमा समेत बन्दी प्रत्यक्षीकरणलगायत अत्यावश्यक मुद्दाको सुनुवाई हुँदै आएको छ । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया