परराष्ट्रमन्त्रीले चिनियाँ विदेश मन्त्रीसँग टेलिफोनमा के भने ?
चीनले थप २० लाख डोज खोप नेपाललाई अनुदानमा दिने, चिनियाँ राजदुत भन्छिन् : दुई विदेशमन्त्रीवीच फलदायी वार्ता

काठमाडौँ । चिनियाँ विदेश मन्त्रीसँग नेपालका परराष्ट्रमन्त्रीले टेलिफोन वार्ता गरेका छन् । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको हो ।
दुई नेताबीच झण्डै २० मिनेट लामो टेलिफोन वार्ता भएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुई समकक्षीका बीचमा टेलिफोन वार्ता भएको जानकारी दिइन् । ‘उहाँहरुबीच टेलिफोन वार्ता भएको हो,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले भनिन् ।
दुई नेताबीचमा दुई देशका सरकारको सम्बन्ध, कोभिड खोपका विषय लगायतमा कुराकानी भएको हो । चीनले कोभिड नियन्त्रणका लागि गरेको सहयोगका विषयमा परराष्टमन्त्री खड्काले आभार व्यक्त गरे ।
टेलिफोन वार्तामा विदेशमन्त्री वाङले थप २० लाख डोज खोप नेपाललाई अनुदान दिने जानकारी मन्त्री खडकालाई गराएको परराष्ट मन्त्रालयले जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री खड्काबीच भएको टेलिफोन बार्ता फलदायी भएको बताएकी छिन् ।
उनले दुई विदेश मन्त्रीबीचको कुराकानीमा वाङले अतिरिक्त २० लाख डोज खोप अनुदानमा चीनले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको ट्वीटमार्फत जानकारी गराएकी छिन् ।














सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया