बेमौसमी बर्षाको कहर
देशभर ३१ जनाको मृत्यु, ४३ वेपत्ता, ४०० वढी विस्थापित

काठमाडौं । बेमौसमी वर्षका कारण आएको वाढी र पहिरोका कारण देशका विभिन्न भुभागमा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालय अन्तर्गत रहेको विपद् व्यवस्थापन महाशाखाका अनुसार गत ३१ असोजदेखि विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण आएको बाढी र विभिन्न विपद्मा परेर अहिलेसम्म ३१ जनाको मृत्यु भएको हो ।
वर्षापछि आएको विपद्का कारण ४३ वेपत्ता भएका छन्, १७ जना घाइते भएका छन् र ४०० जना विस्तापित भएको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मृतक मध्येका २२ जना प्रदेश १ का छन् । दशैँको भोलिपल्ट देखि नै देशभरका विभिन्न स्थानहरुमा लगातार वर्षा भईरहेको छ । वर्षाका कारण देशको सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु ढुवानमा परेको छ ।
आज भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।
जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू-भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया