मंगलबार, फागुन ६, २०८१

मुख्यमन्त्री शाक्य अल्पमतमा, आजको बैठकमा एमाले अनुपस्थित हुने

मेरोन्यूज २०७८ कार्तिक ४ गते ११:३२

काठमाडौँ । आज दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा बैठकमा नेकपा एमालेका सांसदहरू अनुपस्थित हुने भएको छ । यसअघि बुधबार एमाले बागमती प्रदेश संसदीय दलले आज बस्ने प्रदेशसभा बैठकको मिति सार्न माग गरेको थियो ।

Advertisement
IMEnabil

यसैबीच एमालेको वडा र पालिका अधिवेशनको तयारीमा सांसदहरू उपस्थित हुने भन्दै आज बस्ने बैठकमा उपस्थित नहुने भएको हो । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव बारे छलफल र मत विभाजन हुने तय भएको थियो ।

गत भदौ २ गते एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएसँगै अल्पमतमा परेकी थिइन् । पार्टी विभाजन नहुँदा ५६ जना सांसदको साथमा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि ४३ जना सांसदको समर्थन रहेको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरू रहेका छन् ।

एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पार्टीको आसन्न महाधिवेशन नजिकिएको भन्दै प्रदेशसभा बैठकको मिति सार्न अनुरोध गरेका थिए । प्रदेशसभा सचिवालयलाई पत्र प्राप्त भएको र सभामुखसँग छलफल हुन बाँकी रहेको अवस्थामा आज बैठक बस्ने भएको हो ।

प्रतिक्रिया