शनिबार, फागुन ३, २०८१

नेकपा एमाले केन्द्रीय कमिटी बैठक जारी

मेरोन्यूज २०७८ कार्तिक १२ गते १३:४९

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक जारी रहेको हो ।

Advertisement
IMEnabil

महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्य तालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकको निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट एक हजार पाँच सय ३६ प्रतिनिधि छान्ने तय गरेको थियो । महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने भएको छ ।

प्रतिक्रिया