विदेशी लगानीमा राष्ट्र बैंकको जोड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार’ विषयमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले नेपालका अधिकांश फर्मलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारी नभएको उल्लेख गरेको छ । दक्षिण एसियामा उक्त बजारको उपयोगका सन्दर्भमा नेपाल कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सार्क मुलुकमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा विदेशी विनियम डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो रहेको अध्ययनले देखाएको छ । करिब ८१ गैरवित्तीय फर्ममध्ये करिब १४.८ प्रतिशतले मात्रै डेरिभेटिभ प्रोडक्टको प्रयोग गर्ने गरेका छन् । जसमा अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरु रहेका छन् ।
११५ फर्ममाथि गरिएको सर्वेक्षणमा दैनिक कारोबारमा विदेशी विनिमयको जोखिम नरहेको भन्ने फर्महरुमा ३७ प्रतिशत रहेको र विदेशी विनिमयको जोखिम रहेको भन्ने बाँकी ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्ससम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार विदेशी विनिमय डेरिभेटिभ बजारका उपरकणमध्ये नेपालका सबै वाणिज्य बैंकले ‘फर्वाड मार्केट’ र ५० प्रतिशत वाणिज्य बैंकहरू ‘स्वाप्स’ कारोबारमा संलग्न रहेको छन् । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवं बजार पूर्वाधारको आधारमा नेपाल विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा रहेको अध्ययनले देखाएको छ ।
यस बजारको प्रवद्र्धन गर्न छुट्टै कानुनी व्यवस्था गर्नु पर्ने अध्ययनको निष्कर्ष रहेको छ । हालको ‘ओभर द काउण्टर, ओटीसी’ बजारलाई प्रभावकारी बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न एवं वैदेशिक लगानी आकर्षित गर्न ‘लङ टर्म फर्वाड’, ‘स्वाप्स’ र ‘अप्सन’ जस्ता उपकरणलाई प्रवद्र्धन गर्न अध्ययनले सुझाव प्रस्तुत गरेको छ ।

















चुनाव हुँदैन भन्दै अफवाह फैलाउने ज्योतिषी पक्राउ
European gas prices jump 45% after Qatar halts LNG output
भाेट हाल्न धमाधम गाउँ जाँदै सर्वसाधारण (तस्बिरहरु)
वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
प्रतिक्रिया