मृत्यु भएको भनिएका तालिवानका सर्वोच्च नेता सार्वजनिक

काठमाडौँ । तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलोपटक सार्वजनिक भएको अधिकारीहरूले घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।
अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए । तर, अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सर्वजनिक रुपमा देखा परेका थिएनन् ।
तालिवान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि, उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिवान अधिकारीका अनुसार शनिबार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकू चेलाहरुसँग कुरा गरेका तालिवान अधिकारीहरूले बताएका थिए ।
सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमण कालमा तालिवानको नेता नियुक्त गरिएको थियो ।
प्रतिक्रिया