मेगा बैंकको नाफा ५० प्रतिशत भन्दा बढी

काठमाडौं । मेगा बैंक नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा ६० करोड ७९ लाख ३ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ५१ करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यस अवधिमा बैंकले एक अर्ब ३३ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा ४७ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ३० करोड ७१ लाख १३ हजार रुपैयाँ पुगेको मेगा बैंकले जनाएको छ ।
सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०३ पैसाले बढेर २४ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा छ ।

















चुनाव हुँदैन भन्दै अफवाह फैलाउने ज्योतिषी पक्राउ
European gas prices jump 45% after Qatar halts LNG output
भाेट हाल्न धमाधम गाउँ जाँदै सर्वसाधारण (तस्बिरहरु)
वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
प्रतिक्रिया