‘समावेशी मन्त्री बनाएका छौँ, जनताका पक्षमा काम नगरे कारबाही हुन्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि प्रदेशसम्म समावेशी रुपमा मन्त्री बनाएकाले जनताका पक्षमा काम नगरे कारबाही गर्ने बताएका छन् । माओवादी केन्द्र मध्यपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उनले जनताका पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने बताए ।
पार्टीको जति ठूलो पदमा रहेको नेता भए पनि जनताका पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गरिने अध्यक्ष दाहालले बताए । उनले भने, “मन्त्रीलाई जनताका पक्षमा काम गर्न भनेका छौँ, नगरे तुरुन्तै कारबाही गर्छौं ।” तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणा पत्र राम्रो बनाएको भए पनि सरकारको नेतृत्व गर्नेले त्यसलाई कार्यान्वयनमा नलगेको दाहालले आरोप लगाए ।
उनले केन्द्रमा सरकार बनाउँदा समावेशीरुपमा तीन महिला, तीन पुरुष गरी ५० प्रतिशत महिलालाई सहभागी गराएको उल्लेख गरे । शहीदका छोराछोरी, आदिवासी, जनजाति, दलित र खसआर्यलाई सरकारमा समेटेर समावेशीताको नमूना प्रस्तुत गरेको दाहालको भनाइ थियो ।
पार्टीमा गुट र प्रतिक्रान्तिकारीसँगको साँठगाँठका कारण पार्टी कमजोर र हेपिएको उनको भनाई थियो । एमालेसँगको एकतापछि नेकपामा केपी शर्मा ओलीका कारण माओवादीको नीति र सिद्धान्तलाई सिध्याउने खेल भएको भन्दै अध्यक्ष दाहालले ओली सरकारबाटै संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने काम भएको आरोप लगाए ।









जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया