पटका पड्काउँदा दिल्लीमा प्रदूषण, बालबालिका बढी प्रभावित
काठमाडौँ । भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा धीरेन गुप्ताको भनाइ छ । “बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो”, उनले भने ।
बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उहाँको टिप्पणी छ । उनले विशेष गरेर बालबालिकामा स्वासप्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी आउने गरेको उनले जानकारी दिए ।
भारतको राष्ट्रिय राजधानीसमेत रहेको नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ । प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसले बिहीबार राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीको भनाइ छ ।
सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ । हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् । दिल्ली मात्रै नभई भारतका अरु पनि धेरै शहरहरु अति प्रदूषित शहरमा पर्दछन । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा शहर भारतमै रहेका छन ।
भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाउने गरेका छन् ।










काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया