लिबियाका विदेश मन्त्री निलम्बित
काठमाडौँ । लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उनको भूमिकाप्रति असन्तुष्टि जनाउदै राष्ट्रपतिले निलम्बन गरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
अनिश्चित कालका लागि सरकारले उनलाई विदेश भ्रमणमा पनि प्रतिबन्ध लगाएको छ । सरकारको निर्णयप्रति भने उनले असहमति जनाउनु भएको छ ।
“विदेश मन्त्री नाज्ला माङगौशलाई अस्थायी रुपमा निलम्बन गरिएको छ, उनीमाथि अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिन भित्रका प्रतिवेदन बुझाउन आदेश दिइएको छ । उनले विदेश मन्त्रीको रुपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ ।
उनलाई लिबियाको अन्तरिम सरकारको विदेश मन्त्रीका रुपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो ।
















सेयर बजारमा ४५ अङ्कको सुधार
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
प्रतिक्रिया