एशियन गेम्सको अभ्यासमै नेपालको अन्यौलता

काठमाडौं । १९औं एशियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदैछ । सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन् । तर नेपालमा भने अझै तयारी थालिएको छैन ।
अभ्यास थालनीको वातावरण मिलाई दिन भन्दै विहिबार विभिन्न संघ संस्थाले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई आग्रह गरेका छन् । नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरुले अभ्यास थालनीको वातावरण मिलाइदिन मन्त्री गहतराजलाई आग्रह गरेका हुन् ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री गहतराजलाई विहीबार नेपाल ओलम्पिक कमिटीले सातादोबाटोस्थित कार्यलयमा स्वागत गर्दै नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । कार्यक्रममा विभिन्न संघका पदाधिकारी, ओलम्पिक कमिटिका पदाधिकारी पनि सहभागि थिए ।
कोरोना महामारीले थिलिएको मध्येको खेलकुद क्षेत्र अझै स्वभाविक तरिकाले अगाडि बढ्न सकेको छ । जसले गर्दा तय भएका विभिन्न खेल तालिका पनि प्रभावित भए ।
विश्व महाकुम्भ मेला ओलम्पिकलाई पनि कोरोनाले प्रभावित ग¥यो र एक वर्ष धकिलिन पुगेको थियो । खेलाडीको तयारी पनि अन्योल पर्यो ।
हान्जाउमा हुने एशियन गेम्सका लागि अन्य देशका खेलाडीले तयारी थालेका छन् । कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नुपर्ने भएकाले तयारी अविलम्ब सुरु गर्नुपर्ने ओलम्पियन दीपक विष्टले बताए ।
विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरे ।
मन्त्री गहतराजले १०÷८ महिनाको समय तयारीका लागि पर्याप्त समय भएको उल्लेख गरे ।
यस्तै, स्वागत कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए ।
नयाँ ऐन र परिवेशलाई समन्वय गदै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले बताए ।
एसियन गेम्सका लागि अन्य देशले सहभागि हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको औचित्यबारे छलफल हुँदैछ ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया