मंगलबार, वैशाख ९, २०८२

एशियन गेम्सको अभ्यासमै नेपालको अन्यौलता

मेरोन्यूज २०७८ कार्तिक २५ गते १४:५२

काठमाडौं । १९औं एशियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदैछ । सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन् । तर नेपालमा भने अझै तयारी थालिएको छैन ।

अभ्यास थालनीको वातावरण मिलाई दिन भन्दै विहिबार विभिन्न संघ संस्थाले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई आग्रह गरेका छन् । नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरुले अभ्यास थालनीको वातावरण मिलाइदिन मन्त्री गहतराजलाई आग्रह गरेका हुन् ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री गहतराजलाई विहीबार नेपाल ओलम्पिक कमिटीले सातादोबाटोस्थित कार्यलयमा स्वागत गर्दै नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । कार्यक्रममा विभिन्न संघका पदाधिकारी, ओलम्पिक कमिटिका पदाधिकारी पनि सहभागि थिए ।

कोरोना महामारीले थिलिएको मध्येको खेलकुद क्षेत्र अझै स्वभाविक तरिकाले अगाडि बढ्न सकेको छ । जसले गर्दा तय भएका विभिन्न खेल तालिका पनि प्रभावित भए ।

विश्व महाकुम्भ मेला ओलम्पिकलाई पनि कोरोनाले प्रभावित ग¥यो र एक वर्ष धकिलिन पुगेको थियो । खेलाडीको तयारी पनि अन्योल पर्यो ।
हान्जाउमा हुने एशियन गेम्सका लागि अन्य देशका खेलाडीले तयारी थालेका छन् । कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नुपर्ने भएकाले तयारी अविलम्ब सुरु गर्नुपर्ने ओलम्पियन दीपक विष्टले बताए ।

विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरे ।

मन्त्री गहतराजले १०÷८ महिनाको समय तयारीका लागि पर्याप्त समय भएको उल्लेख गरे ।

यस्तै, स्वागत कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए ।

नयाँ ऐन र परिवेशलाई समन्वय गदै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले बताए ।

एसियन गेम्सका लागि अन्य देशले सहभागि हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको औचित्यबारे छलफल हुँदैछ ।

प्रतिक्रिया