बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १५:१६

ढाका । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई ११ वर्षको जेल सजायको फैसला भएको छ ।
राजधानी ढाकाको अदालतले भ्रष्टाचार मुद्दामा सिन्हाविरुद्ध जेल सजायको फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
सिंन्हाले एक निजी बैंकसँग मिलेर ४ लाख ७१ हजार अमेरिकी डलर अपचलन गरेको अदालतले जनाएको छ ।
विपक्षी दल तथा उनका समर्थकले यो फैसलालाई प्रतिशोधपूर्ण भनेका छन् ।
सम्बन्धित
प्रतिक्रिया