भारतीय प्रहरीको कारबाहीमा २६ नक्साल विद्रोहीको मृत्यु
काठमाडौँ । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो ।
भिडन्तमा परी कम्तीमा २६ जना नक्सलाइटहरूको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यस क्रममा केही प्रहरी घाइते भएका बताइएको छ ।
महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जंगलमा सो भिडन्त भएको थियो । भिडन्तमा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ । कतिपय विद्रोहीहरू भागेका र केही घाइते भएका छन् ।
उक्त जंगलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ । त्यस क्रममा केही हप्ताअघि प्रहरी र नक्सालहरुबीच भिडन्त भएको थियो ।
जंगलमा प्रहरी टोली पुगेपछि नक्सालहरूले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालहरूले प्रयोग गरेका हतियारसमेत बरामद गरेको जनाएको छ ।
यी नक्सालहरू भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रहेका थिए । ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको भारत सरकारले जनाएको छ ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया