कारगारभित्र नाइके बन्ने विषयमा झडप हुँदा ६८ जनाको मृत्यु
काठमाडौँ । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन् । कारागारमा झण्डै सात सय कैदी रहेका थिए ।
यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको झडपमा पनि एक सय १९ जनाको मृत्यु भएको थियो । यो वर्ष मात्रै इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै तीन सय कैदीको मृत्यु भइसकेको छ ।
अहिलेको झडप भने शुक्रबार साँझ सुरु भएको थियो । झडपलाई नियन्त्रण गर्न कारागारभित्र गएको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको थियो । शनिबार पनि विवाद कायम रहेपछि कारागारबाहिर सैनिक परिचालन गरी कारागारलाई बाहिरबाट थप सुरक्षा दिइएको थियो ।
घटनामा परी अरु २५ जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु भएकाहरूको नामावली कारागारबाहिर टाँसिएको छ । मृतकहरूको सूची हेर्न कैदीका नातेदार तथा साथीहरुको भिड लागेको छ ।
कारागारभित्रको एउटा समूहका नाइके रिहा भएपछि उनको सट्टामा कस्ले नेतृत्व गर्ने भन्ने बारेमा सुरु भएको विवादले झडपको रुप लिएको हो । घटनाप्रति राष्ट्रपति गुलेमो लास्सोले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
इक्वेडरका कारागारमा क्षमताभन्दा नौ हजार बढी कैदीहरू रहेका अधिकारीहरूले बताएका छन् ।
















प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
सेयर बजारमा ४५ अङ्कको सुधार
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया