पञ्चायती शाशकले दमन गरेको छिन्ताङ (भिडियो)
काठमाडौं । छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ ।
निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कात्तिक २९) गते शहीद स्मृति दिवस मनाइएको छ ।
परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना शहीद बनेका खोपु–छिन्ताङ घटनामा मारिएका शहीद परिवारले उठाएका माग पूरा नभएको बताउँछन् ।
छिन्ताङबासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व भएपनि राज्यस्तरबाट गाउँको समृद्धि र सहिद परिवारका लागि अझै थप केही होेस् भन्ने चाहना रहेको शहीद परिवारका सदस्य झलकमान राईले बताए ।
‘छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर एक रोजगार, राष्ट्रिय शहीदको कुरा, पारा नमिलाएर घोषणा गरिएको छ, शेरबहादुर देउवाले घोषणा गरेको शहीद मान्ने गरेको छैनौँ । शहीद परिवारको आर्थिकपक्ष सबल बनाइदिनु पर्ने । त्यसका लागि सरकारले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्छ ।’– राईले भने ।
त्यस्तै, शहीद परिवारका सदस्य गंगाबहादुर राइले सरकारले शहीद परिवारलाई मध्यनजर गरेर विद्यालय र केही सुविधा दिएको बताउँछन् ।
छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर, एक रोजगार, राष्ट्रिय शहीद बनाउनु पर्ने, र शहीद परिवारको आर्थिकपक्ष सबल बनाउन सरकरले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्ने शहीद परिवारका सदस्यहरुको माग छ ।










Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया