पञ्चायती शाशकले दमन गरेको छिन्ताङ (भिडियो)
काठमाडौं । छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ ।
निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कात्तिक २९) गते शहीद स्मृति दिवस मनाइएको छ ।
परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना शहीद बनेका खोपु–छिन्ताङ घटनामा मारिएका शहीद परिवारले उठाएका माग पूरा नभएको बताउँछन् ।
छिन्ताङबासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व भएपनि राज्यस्तरबाट गाउँको समृद्धि र सहिद परिवारका लागि अझै थप केही होेस् भन्ने चाहना रहेको शहीद परिवारका सदस्य झलकमान राईले बताए ।
‘छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर एक रोजगार, राष्ट्रिय शहीदको कुरा, पारा नमिलाएर घोषणा गरिएको छ, शेरबहादुर देउवाले घोषणा गरेको शहीद मान्ने गरेको छैनौँ । शहीद परिवारको आर्थिकपक्ष सबल बनाइदिनु पर्ने । त्यसका लागि सरकारले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्छ ।’– राईले भने ।
त्यस्तै, शहीद परिवारका सदस्य गंगाबहादुर राइले सरकारले शहीद परिवारलाई मध्यनजर गरेर विद्यालय र केही सुविधा दिएको बताउँछन् ।
छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर, एक रोजगार, राष्ट्रिय शहीद बनाउनु पर्ने, र शहीद परिवारको आर्थिकपक्ष सबल बनाउन सरकरले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्ने शहीद परिवारका सदस्यहरुको माग छ ।


















पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखकाे निर्देशन
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया