एबी डिभिलियर्सले गरे क्रिकेटबाट सन्यास लिने घोषणा

काठमाडौँ । दक्षिण अफ्रिकी क्रिकेटका सुपरस्टार एबी डिभिलियर्सले सबै प्रकारको क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत सन्यासको घोषणा गरेका हुन् ।
उनले आफ्नो खेल जीवन अविश्वसनीय यात्रा रहेको बताउँदै सबै प्रकारको क्रिकेट खेलबाट सन्यास लिने निर्णय गरेको बताएका छन् । ‘मैले बेलगाम र उत्साहका साथ खेलेँ, अब ३७ वर्षको उमेरमा त्यो उत्साहका साथ खेल्न सक्दिनँ, यो वास्तविकता हो, जुन मैले स्वीकार गर्नु पर्छ,’ उनले भने, ‘यो अचानक जस्तो लागेको छ ।’
‘म हरेक टोलीका साथी, हरेक प्रतिद्वन्द्वी, हरेक प्रशिक्षक, हरेक फिजियो र प्रत्येक कर्मचारी सदस्यलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘उहाँहरूले मसँगै यात्रा गर्नु भएको थियो, मैले जहाँ जहाँ खेलेको छु, मैले पाएको समर्थनबाट म विनम्र छु ।’ उनले आफ्नो परिवारका सबैप्रति आभार व्यक्त गरेका छन् ।









जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया