एबी डिभिलियर्सले गरे क्रिकेटबाट सन्यास लिने घोषणा

काठमाडौँ । दक्षिण अफ्रिकी क्रिकेटका सुपरस्टार एबी डिभिलियर्सले सबै प्रकारको क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत सन्यासको घोषणा गरेका हुन् ।
उनले आफ्नो खेल जीवन अविश्वसनीय यात्रा रहेको बताउँदै सबै प्रकारको क्रिकेट खेलबाट सन्यास लिने निर्णय गरेको बताएका छन् । ‘मैले बेलगाम र उत्साहका साथ खेलेँ, अब ३७ वर्षको उमेरमा त्यो उत्साहका साथ खेल्न सक्दिनँ, यो वास्तविकता हो, जुन मैले स्वीकार गर्नु पर्छ,’ उनले भने, ‘यो अचानक जस्तो लागेको छ ।’
‘म हरेक टोलीका साथी, हरेक प्रतिद्वन्द्वी, हरेक प्रशिक्षक, हरेक फिजियो र प्रत्येक कर्मचारी सदस्यलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘उहाँहरूले मसँगै यात्रा गर्नु भएको थियो, मैले जहाँ जहाँ खेलेको छु, मैले पाएको समर्थनबाट म विनम्र छु ।’ उनले आफ्नो परिवारका सबैप्रति आभार व्यक्त गरेका छन् ।
















प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
सेयर बजारमा ४५ अङ्कको सुधार
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया