‘ए’ डिभिजन लिगः मनाङ र च्यासल विजयी
मेरोन्यूज
२०७८ मंसिर ११ गते २१:४५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब र च्यासल युथ क्लब विजयी भएका छन् ।
दशरथ रंगशालामा भएको शनिबारको पहिलो खेलमा च्यासलले नेपाल एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको हो । च्यासलका रुमेश बर्तौलाले खेलको ४९ मिनेटमा गोल गरेका थिए । उक्त गोल नै जीतका लागि निर्णायक बन्यो ।
जारी लिगमा च्यासलको यो पहिलो जित हो । पहिलो खेलमा च्यासल थ्रीस्टारसँग पराजित भएको थियो ।
शनिवार नै भएको दोस्रो खेलमा मनाङले जीत निकालेको छ । मनाङले लगातार दोस्रो खेलमा जित निकालेको हो । मनाङले हिमालयन शेर्पा क्लबलाई १–० गोलले पराजित गरेको हो ।
मनाङको जीतमा ओलावाले खेलको ८४ औं मिनेटमा अफिजले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।
यसअघि मनाङले पहिलो जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले नै पराजित गरेको थियो ।
सम्बन्धित


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया