आइतबार, पुष ६, २०८२

चार भाग्यशाली विजेतालाई स्प्राइटको बजाज पल्सर मोटरसाइकल

मेरोन्यूज २०७८ मंसिर १५ गते २१:२९

काठमाडौं । पेय पदार्थ स्प्राइटले चार भाग्यशाली विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरेको छ ।

स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेताहरुलाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको हो ।

स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ ।
बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

त्यसैगरि विराटनगर, चितवन र हेटौँडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने जनाइएको छ ।

त्यस्तै, यस कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३ इन्चको सामसङ टीभी र २६३ जना विजेताहरुलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो ।

पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङ लगायत देशैभर अभियान चलेको थियो ।

बजाज पल्सर १२५ सीसी विजेता सौगात पुलामी यो क्याम्पेनमा सहभागी लाखौंँमा छनिएर आफूले बाइक जितेकोमा खुशी ब्यक्त गरे ।

यो क्याम्पेन सेप्टेम्बर १५, २०२१ देखि नोभेम्बर ४, २०२१ सम्म सञ्चालन भएको थियो ।

अभियानको टीभीसीमा अनमोल केसीलाई छायाङ्कन गरिएको थियो ।

प्रतिक्रिया