जातीय दंगामा परी ४८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २१ गते ११:२३
काठमाडौँ । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । एक गैरसरकारी संस्थाका अनुसार दंगामा परी उनीहरूको मृत्यु भएको हो ।
दुई दिनयता स्थानीय जातिबीच झडप भएको थियो । झडपका क्रममा हतियारधारी पक्षले आपसमा हमला गरेका थिए । दक्षिणी डारफोरको किरानिक भन्ने स्थानमा हतियारधारीले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको हो । घटनामा दर्जनौँ घाइते भएका छन् ।
समाचारमा जनाइएअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया