मंगलबार, जेठ ६, २०८२

बेइजिङमा हुने शीतकालीन ओलम्पिक अमेरिकाले कूटनीतिक बहिष्कार गर्ने

मेरोन्यूज २०७८ मंसिर २१ गते १७:१२

वासिङटन । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिकरूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो ।

अमेरिकी खेलाडी भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्णसमर्थन रहने बताएको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिकको “उत्सव” मा योगदान नगर्ने बताइन् । (एजेन्सी)

प्रतिक्रिया