नेप्से आज पनि ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अंकले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अंकले उकालो लागेर ४६५.२३ मा पुगेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सुस्ताएको छ । कूल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख ८० हजारको हाराहारीमा पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १८.७७, अन्य ४.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.१२ अंकले उकालो लागेको छ । यस्तै, बैंकिङ २.३५, व्यापार १९.३४, विकास बैंक २१.९२, जलविद्युत् १७.०१, वित्त १६.२८, निर्जीवन बीमा ६०.२७, उत्पादन २१.२९, लघुवित्त २५.१७ र जीवन बीमा ३४.४३ अंकले ओरालो लागेको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । कम्पनीको आठ करोड ८५ लाख ५२ हजार २०५ बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी आठ करोड ६२ लाख २१ हजार ९०९, नबिल बैंक आठ करोड १४ लाख चार हजार ३९१, महालक्ष्मी विकास बैंक आठ करोड सात लाख २९ हजार र नेशनल हाइड्रोपावर सात करोड ३८ लाख दुई हजार ६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सिनर्जी पावर ४.५५, लक्ष्मी इक्विटी फण्ड ४, सपोर्ट माइक्रोफाइनान्स ३.४४,सिंगटी हाइड्रोपावर ३.२४ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३.१७ प्रतिशतले कमाए । यस्तै, सामुदायिक लघुवित्त ५.८२, श्री इन्भेस्टमेन्ट फाइनान्स ५.१४, एनआइसी एशिया लघुवित्त ४.११, घलेम्दी हाइड्रोपावर ४.०२ र सबैको लघुवित्तका लगानीकर्ताले ३.९३ प्रतिशतले गुमाए ।

















ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया