तारा एयरको टिकटमा मनोमानी

सिञ्जा । जुम्लाका हेमन्त घिमिरेले मङ्सिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लाबाट नेपालगञ्जको टिकट बुकिङ गरे । हाल हवाई इन्धनको मूल्यवृद्धि भएसँंगै जुम्लाबाट नेपालगञ्जसम्मको भाडादर रु पाँच हजार ८३० तोकिएको छ । तर तारा एयरको ई–सेवाले भने घिमिरेको रु आठ हजार ८३० काट्यो ।
तारा एयरकै अनलाइन एप्सले भने रु पाँच हजार ८३० नै काट्छ । यसरी बितेको एक महिनामा हेमन्त घिमिरेजस्तै जुम्लाबाट नेपागञ्जका लागि उडान भर्ने करिब १० देखि १२ यात्रु तारा एयरको ई–सेवाबाट ठगिएको पाइएको छ ।
सोमबार मानवअधिकार आयोग, चन्दनाथ नगरपालिका र पत्रकार महासङ्घद्वारा सेवा प्रवाहको अवस्थाबारे गरिएको संयुक्त अनुगमनका क्रममा यस्तो भेटिएको हो । एउटै दूरीको हवाई भाडा ई–सेवाबाट दोब्बर महङ्गो र अनलाइन तथा वितरण गरिएको टिकटको मूल्य फरक परेपछि गठिएको भन्दै तारा एयरको ई–सेवा सञ्चालनमा रोक लगाउनुपर्ने यात्रुले माग गरेका छन् ।
हरेक चारवटा सिट अनलाइन बुकिङका लागि छुट्याएको तारा एयरका जुम्ला स्टेशन प्रमुख दीपक भट्टचन्दले बताए । उनका अनुसार टिकट बुकिङ गर्दा रु आठ हजार ८३० भाडा काटेको पाइयो । किन र कसरी भयो भन्ने थाहा छैन । तर टिकट बुक गर्दा ध्यान पु¥याउन भनेका छौँ । हालसम्म करिब १२ जना जतिले ई–सेवाबाट रु आठ हजार ८३० भाडा तिरिसकेका छन् । सिस्टमले लिइसकेपछि फिर्ता गर्न पनि सम्भव नरहेकाले ई–सेवाबाट टिकट नकाट्न अनुरोध गरिएको उनको भनाइ छ ।
जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले तारा एयरको ई–सेवाबाट यात्रु ठगिएको विषयमा पत्रचार गरिसकेको बताए । उनले भने, “ई–सेवा भारतबाटै लन्च भएको हुनसक्छ । सफ्टवेयरमा पनि समस्या छ । टिकट बुकिङ गर्दा सिटिजनसीप आउँदा नेपाली छनोट गर्नुपर्छ । यात्रुले थाहा नपाएरै टिकट बुक गर्दा भारतीय पाँच हजार काट्ने गरेका छन् । सुधार गर्न भनेका छौँ । तर माथिबाटै यात्रुलाई सचेत रहन भनिएको छ । सचेत रहन भनिए पनि टिकट छिटो लिने दाउमा यात्रुहरू ठगिरहेका छन् ।”
ई–सेवाबाट एउटै दूरीको फरक भाडा भएकाले तत्काल सुधारमा ध्यान दिनुपर्ने मानवअधिकार अधिकृत धनराज शाहीको भनाइ छ । उनले भने, “अनलाइन टिकट शिक्षित मान्छेले नै काट्छ । तर तारा एयरको ई–सेवाले शिक्षितलाई ठगिरहेको छ । यसमा जिल्लादेखि केन्द्रको व्यवस्थापनले सुधार गर्नुपर्ने देखिन्छ । सञ्चारको जमानामा ई–सेवाबाट ठगिन थालेपछि आयोगको ध्यान केन्द्रित भएको छ ।”
तारा एयरले एक दिनमा चार टिकट अनलाइन बुकिङका लागि छुट्याएको छ । अनलाइन टिकट बुक गर्दा ई–सेवा प्रयोग नगर्न सबै यात्रुलाई परामर्श गरिरहेको समेत स्टेशन प्रमुख दीपक भट्टचन्दको भनाइ छ । उनले भने, ‘सिस्टम हेर्दा महङ्गो तिरेको देखिन्छ । यसमा हामीले केही गर्न सक्दैनौँ केन्द्रबाट समस्या समधानको पहल हुनेछ ।’ (रासस)










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया