आइतबार, पुष ६, २०८२

एलजीको वासिंङ मेसिनको माग दोब्बरले बढ्यो

मेरोन्यूज २०७८ मंसिर २६ गते १७:५२

काठमाडौं । उच्च प्रविधिको आर्टिफिसियल इन्टेलीजेन्स भएको एलजीको वासिङ मेशिनको माग दोब्बरले बृद्धि भएको छ ।

यस वासिङ मेसिनमा एआई डीडी जस्ता नयाँ प्रविधिको प्रयोग गरिनुका साथै कपडाको तौल र कोमलता लगायतको विशेषता पत्ता लगाउने कम्पनीले जनाएको छ ।

यो वासिङ मेशिनले कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने दाबी कम्पनीको छ ।

यस वासिङ मेसिनमा स्टिम प्रविधि रहेको हुँदा कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत कटाणु नष्ट गर्नुका साथै हाइजिनिक वासले ३० प्रतिशत कपडालाई खुम्चिनबाट जोगाउने पनि विश्वास गरिएको छ ।

१० वर्षको वारेण्टी रहेको एल.जी. को फ्रन्टलोड वासिङ मेसिनले आफुलाई सर्वाधिक विक्री हुने वासिङ मेसिन ब्राण्डमा स्थापना गरेको कम्पनीले जनाएको छ ।

नेपालमा एल.जी. ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्स रहेको छ ।

प्रतिक्रिया