राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबारदेखि सुरु भएको छ ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो ।
पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी उपस्थित भएका छन् । बाँकी १६ खेलाडी भने कोभिड १९ को पीसीआर नगरेको कारण उपस्थित भएका छैनन् ।
पीसीआर गरेका ६ खेलाडी रिपोर्ट नआएको कारण होटलमा बसेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतका ९ खेलाडीको भने पीसीआर गर्न बाँकी रहेको छ ।
कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।
यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरु
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, बिक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल प्रदिप ऐरी, गुलशन झा, नन्दन यादव, जीतेन्द्र कुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, शिशिर महतो, सागर ढकाल, हरिशंकर साह ।









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया