‘ए’ डिभिजन लिगः मच्छिन्द्रले फ्रेन्ड्सलाई हरायो

काठमाडौं । फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगलशालामा सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई १–० ले हराएको हो ।
६७औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मच्छिन्द्रले अग्रता लिएको थियो ।
आठ खेल खेलेको मच्छिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ । मनाङ मस्र्याङ्दी १६ अंकका साथ दोस्रो स्थानमा छ । मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबको सामना गरिरहेको छ ।
पहिलो हाफको खेल सकिँदा मनाङले २–० को अग्रता बनाएको छ । यस खेलमा मनाङले जितेमा मच्छिन्द्रसँगको दूरी एक अंकमा झर्नेछ । संकटा क्लब १४ अंक बटुल्दै दोस्रो स्थानमा छ ।
मच्छिन्द्रसँगको हारले फ्रेन्ड्समाथि रेलिगेशनको दबाब थपिएको छ । आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्डस अन्तिम स्थानमा छ भने १३आँै स्थानको च्यासलको पाँच अंक छ ।
यसअघि दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । यसअघि नवाँै मिनेटमा सुनील बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरिदा मच्छिन्द्रले अग्रता लिने अवसर गुमायो ।
१८औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षकले क्लियर गर्न नसक्दा प्राप्त बलमा मच्छिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरयो । २७औँ मिनेटमा मच्छिन्द्रका सुनीलले गरेको क्रसमा मच्छिन्द्रका कुनै पनि खेलाडी बलसम्म पुग्न सकेनन् ।
५३आँै मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले गरेको सट मच्छिन्द्रका गोलकिपर विशल श्रेष्ठले बिफल पारेका थिए । शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एआरटी) को सामना गर्दैछ ।


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया