नेप्से उच्च अंकको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अंकले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अंकले बढेर ५१९.३७ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकमसमेत आज वृद्धि भएको छ । कूल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ६ अर्ब ५३ करोड ११ लाख १० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३५.०३, व्यापार १७१.२५, होटेल तथा पर्यटन ५।२३, विकास बैंक २५७.१, जलविद्युत् १४८.१८, वित्त ११५.६३, निर्जीवन बीमा ३७९.७७, उत्पादन १३६.९९, अन्य ६२.७९, लघुवित्त ७०.४५, जीवन बीमा २९५.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ३।४७ अंकले उकालो लागेको छ ।
कारोबार भएकामध्ये आज अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड २२ हजार २७३ बराबरको कारोबार भयो । प्रभु बैंक २० करोड ८६ लाख ४२ हजार, माथिल्लो तामाकोसी २० करोड १५ लाख ७७ हजार ६१२, शिवम् सिमेन्ट १९ करोड ३९ लाख ८९ हजार र अरुण भ्याली हाइड्रोपावर १८ करोड ७५ लाख पाँच हजार ४२८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनियन हाइड्रोपावर ९.९८, मध्यभोटेकोसी ९.९७ र न्यादी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए ।
त्यस्तै, नेपाल एसबिआई बैंकको ऋणपत्र १.४२, मिथिला लघुवित्त १.२७, सानिमा लार्ज क्याप फन्ड १.१६, एनआइबिएल प्रगति फन्ड १.०८ र नबिल डिवेञ्चरका लगानीकर्ताले ०.९८ प्रतिशतले गुमाए ।

















मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान
१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो
हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी
एमाले अध्यक्ष ओलीले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया