कोरोना बढेसँगै नेप्सेमा भारी गिरावट
मेरोन्यूज
२०७८ पुष २८ गते १५:१३

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर ह्वात्तै बढेसँगै शेयर बजारमा गिरावट आउन थालेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका चौथो दिन बुधबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ३०.५१ अंकले घटेर दुई हजार ८ सय ३ दशमलब ६२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
बुधबार कर्पोरेट विकास बैंक, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत कम्पनी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको २८ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।
सम्बन्धित










तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया