महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहलाई रेमिटान्स सम्बन्धि सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्ससँग सम्झौता गरेको छ ।
बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिटान्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात ग्राहक महानुभावहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैकले हालसम्म २७ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी रेमिटान्स सुविधा प्रदान गर्दै आएको छ ।
यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको पनि बैंकले जनाएको छ ।
बैंककाअनुसार हाल यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिनेछ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।









काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया